अटिजम स्पेक्ट्रम बिकार (Autism Specturm
Disorder ) क्रमिकरुपमा विकास हुदै जाने बिकार हो । यो समस्या भित्र
धेरै लक्षणहरु हुने गर्दा यसलाई एउटा परिधि वा spectrum भित्र रहेर हेर्ने गरिन्छ । Specturm Disorder
भएको हुनाले यो समस्या वाट ग्रषित बालबालिकाहरुमा बिशेष किसिमको सबल र दुर्बल पक्षहरु
हुने गर्दछन । त्यसैले उनीहरुको सोच्ने, सिक्ने र समस्याको सामाधान गर्ने
तौर-तरिका र सिप तीक्ष्ण देखि धेरैनै चुनौतिपूर्ण हुन सक्दछन जस्तो कि अटिजम भएको
जो कोहि संगीतमा राम्रो हुन सक्दछ तर उ गणीतमा एकदमै कमजोर हुन सक्दछ । यो समस्याले ग्रषित
बालबालिका सामाजिक अन्तरक्रिया गर्न सक्दैनन् भने उनीहरुको communication पनि
त्यति राम्रो हुदैन । व्यवहारिक कठिनाई वाट सधै जुधिरहने हुनाले लगातार एउटा
मात्र काम गरिरहन्छन् ।
अटिजमलाई मुलत तिन भागमा बिभाजन गरिएको छ :-
१) अटिजम बिकार जसलाई classical autism पनि भन्ने गरिन्छ । तपाई हामीले अटिजम
भनेर सुन्ने बित्तिकै बुझ्ने नै यहि अटिजम बिकार हो ।
२) Asperger’s Syndrome classical autism भन्दा भाषाको
सम्बन्धमा, देखिने उमेर जस्तो कि classical autism ३६ महिना भित्र देखा पर्दछ भने
यो syndrome ६, ७, ८, ९ बर्षमा पनि देखिन सक्छ
३) Pervasive Developmental Disorder पनि अटिजमकै एक रुप हो जसले classical autism र asperger’s syndrome को जस्तो सम्पूर्ण मापदण्ड पुरा गर्न
सक्दैन ।
Photo Credit:Google
१२-१८ महिनाको बिचमा अटिजम को लक्षणहरु धेरै देखिने भएतापनि यो समस्या ३ बर्ष
भित्र पनि देखिने गरेको छ । बिश्वमा करिब एक प्रतिशत
जनसंख्यामा यो समस्या रहेको अनुमान गरिएको छ ।
लक्षणहरु :-
१) लगातार संचार र सामाजिक
अन्तरक्रिया गर्दैनन् – जस अन्तर्गत प्रतिक्रिया जनाउन सक्दैन, eye contact पनि
नगर्ने र सम्बन्ध पनि नबुझ्ने खालको हुन्छन ।
२) कुनै कार्य दोहोर्याउने र अन्य कार्य बर्जित गर्ने –जस
अन्तर्गत एउटा लयमा चलिरहने, एउटा बाक्यलाई दोहोर्याउने, एउटा अभ्यास र
कार्यतालिका दोहोर्याइ रहन आग्रह गरिरहने र संवेदी वाताबरणमा निम्न र उच्च् संबेदनशीलता हुने गर्दछ ।
३) ASD हुने बालबालिकामा औसत र औसतभन्दा माथिको बौद्धिक विकास
मात्र हुने गर्दछ ।
कारणहरु :-
अटिजम यहि कारणहरुले हुन्छ भन्ने जानकारी अहिलेसम्म थाहा
हुन सकेको छैन तर अध्यानले देखाए अनुसार बंशाणुगत र वातवरणको कारण प्रधान रहने
गरेको बुझिएको छ । जन्मदा कम तौल भएका बालबालिकामा पनि अटिजम हुने जोखिम बढी
हुन्छ ।
उपचार :-
ASD को कुनै पनि उपचार छैन । बेलैमा उपचार तर्फ
ध्यान दिएको अवस्थामा यो संग सम्बन्धित चुनौतिहरु सहजै पार गर्न सकिन्छ । विज्ञहरुले ASD लाई
कम गर्ने खालको दृष्टिकोण दिन सक्दछन । हानिकारक व्यवहारलाई घटाउन
सक्ने सामाजिक र अभ्यासात्मक सिप हरु बिकास गरेको खण्डमा ASD अर्थात् autism
spectrum disorder ब्यबस्थापन गर्न सकिन्छ ।प्रयोगात्मक व्यवहार बिश्लेषण गर्दै बिशेष किसिमका हानिकारक
व्यवहार सुधार गर्दै लैजादा ASD लाई सजिलै ग्रहण गर्न सकिन्छ ।
यदि कुनै बालबालिकामा माथि सुझाए जस्तै लक्षणहरु देखा परेको छ भने कृपया समयमानै नजिको अस्पताल वा परामर्श केन्द्रमा मनोचिकित्सक, मनोविद, साइकोथेरापिष्ट वा परमर्शदातालाई देखाउनु होला ।
https://www.youtube.com/watch?v=6vMYNQid9dA
0 Comments